विज्ञापन सरकारी मिडियामा मात्र दिए निजी मिडिया बन्द हुने !
समाचार सारांश
- विज्ञापन सरकारी मिडियामा मात्र दिए निजी क्षेत्रका सञ्चारमाध्यमहरु बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने
- साप्ताहिक अर्द्धसाप्ताहिक पाक्षिक सञ्जाल बाँकेको निजी क्षेत्र सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमाथि रोक लगाउने सचिव स्तरीय निर्णयप्रति गम्भीर असहमति र आपत्ति
नेपालगन्ज : साप्ताहिक अर्द्धसाप्ताहिक पाक्षिक सञ्जाल बाँकेले विज्ञापन सरकारी मिडियामा मात्र दिए निजी क्षेत्रका सञ्चारमाध्यमहरु बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने चिन्ता व्यक्त गरेको छ । सञ्जालका बाँके अध्यक्ष अक्षरी पोखरेल र सचिव अजय गुप्तले शनिबार प्रकाशित गरेको विज्ञप्तप्मा प्रेस सेन्सरसीपको अवस्था सिर्जना भई आवाजविहीनको आवाज बनिरहेको स्वतन्त्र पत्रकारितामा समेत प्रत्यक्ष असर पर्ने जिकिर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाई समेत जारी गरिएको परिपत्रप्रति सञ्जालले निजी क्षेत्र सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमाथि रोक लगाउने सचिव स्तरीय निर्णयप्रति गम्भीर असहमति र आपत्ति प्रकट गरेको छ ।









