जाने होइन त होटल पौवामा परिकारको स्वाद चाख्न ?

नेपालगन्ज : बाँकेमा होटल पौवामा बिहीबारदेखि तीन दिने स्वाद उत्सव सुरु भएको छ । १०औं वर्षगाँठको अवसरमा स्वाद उत्सव पौवाको २० वटै शाखामा एकसाथ स्वाद सुरु भएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जिवी ओलीले नेपालगन्जमा स्वाद उत्सवको शुभारम्भ गर्नुभयो ।

ग्राहकहरुलाई निःशुल्क पौवाको स्वाद चखाउने उद्देश्यले हरेक वर्ष स्वाद उत्सव आयोजनो गर्दै आएको छ । सोे अवसरमा होटल पौवा नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले १० वर्षको अनुभवबाट सिक्दै ग्राहकलाई थप सन्तुष्टी र अपनत्व प्रदान गर्न पौवा टिम प्रतिबद्ध रहेको बताउनु भयो ।
देशभरका २० वटा शाखाबाट ४० हजार बढीलाई स्वाद उत्सवमा आमन्त्रण गरिएको होटल पौवाले जनाएको छ । के तपाई पनि जाने हो त, स्वाद उत्सवमा ?