महेन्द्र क्याम्पसका आइटी पढ्ने विद्यार्थीले गरे भव्य सांस्कृतिक कार्यक्रम

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आइटी पढ्ने विद्यार्थीले भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।
बीसिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको प्रतियोगितामा सञ्चालन
कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख लालमणि आचार्य रहेको कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु भुवनेश्वर लामिछाने, श्रीधर अधिकारी, सुवास गौतम, नवराज रिजाल, विद्यार्थी कल्याण प्रमुख किरणराज रेग्मी, बीसिए कार्यक्रम संयोजक कोषराज रेग्मी, बीबीएरबीपीए कार्यक्रम संयोजक लालमणि घिमिरे, बी।एस्सी सिएसआइटीरबीआइटी कार्यक्रम सह संयोजक अमरनाथ प्रसाद लगायतका प्राध्यापकहरु विद्यार्थीलाई हौसला दिन कार्यक्रममा सहभागी हुनु भएको थियो ।

सोही अवसरमा आयोजित सामूहिक नृत्य प्रतियोगितामा बीआइटी समूहका विद्यार्थी प्रथम भएका थिए । उनीहरुलाई मेडल र शिल्ड प्रदान गरिएको थियो ।
नृत्य प्रतियोगिताको निर्णायक डा।डम्बर विसी र पत्रकाररसाहित्यकार शंकरप्रसाद खनाल रहनु भएकोे थियो । कार्यक्रममा विद्यार्थीले जातीय भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । विसीएका विद्यार्थी नीरज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकसंस्कृति जोगाउन आयोजना गरिएको कार्यक्रममा गुरु पनि नृत्यमा रमाउनु भएको थियो ।