आज नेपाली नयाँ वर्ष, विश्वभर विविध कार्यक्रम
नेपालगन्ज : नेपाली नयाँ वर्ष २०८३ आजबाट सुरु भएको छ । विक्रम संवत् २०८३ को वैशाख १ अर्थात् नयाँ वर्षको पहिलो दिन देश विदेशमा रहेका नेपालीले उत्साहका साथ मनाइरहेका छन् । ३० चैत्रमा नयाँ वर्ष इभका रुपमा मनाउन सुरु गरिएको नेपाली नयाँ वर्षलाई हिन्दु धर्मालम्बीहरुले मेष सङ्क्रान्तिका रुपमा पनि मनाउँछन् । आजबाट सूर्य मेष राशीमा प्रवेश गर्छ ।
नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान, पूजाआराधना र भेटघाट गर्दै नयाँ सुरुआतको संकल्प गर्ने चलन रहेको छ । नयाँ वर्षको दिन अन्तराल र बास नेपालले नेपालगन्जमा ११औं राष्ट्रिय झण्डा महोत्सव मनाएका थिए । वीपी चोकमा भेला भएका नेपालगन्जबासीले झन्डा महोत्सव मनाएका हुन् । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानीको पुलमा पनि नयाँ वर्षको अवसरमा झन्डा महोत्सवको रुपमा मनाइने गरिएको छ । जहाँ सामाजिक सञ्जाल प्रयोगकर्ताको थेगिनसक्नु भीँड हुन्छ ।









