बाँकेबाट दैलेख पञ्चकोशीसम्म साइकल यात्रा, दैलेखी समाजद्वारा साइकल यात्रीलार्ई विदाइ
नेपालगन्ज : बाँकेका माउण्टेन बाइक साइकल साइडरहरुले नेपालगन्जदेखि दैखेको पञ्चकोशी पर्यटकीय क्षेत्रको साइकल यात्रा सुरु गरेका छन् ।
आगामी १३ वैशाखदेखि १९ गतेसम्म दैलेखको प्रसिद्ध धार्मिक क्षेत्र पञ्चकोशीकोे नाभिस्थानमा पञ्चकोशी धार्मिक पर्यटन मेला लाग्न गइरहेको बेला नेपालगन्ज साइकलिङ क्लबले दैलेखी समाज बाँकेसँग सहकार्य गरेर साइकल यात्रा सुरु गरेको हो ।
दैलेखी समाजका अध्यक्ष पूर्णदेव गिरी र प्रसिद्ध शक्तिपीठ बागेश्वरीका मूल महन्त चन्द्र्रनाथ योगीले साइकल यात्रीलाई शुक्रबार बिहान विदाइ गर्नु भएको हो । पञ्चकोशीमा सत्यदेवीको नाभी पतन भएको स्थानलाई नाभीस्थान, श्रीस्थान, धुलेश्वर, पादुकास्थान र कोटिलास्थान लगायतका महत्वपूर्ण धार्मिक स्थलहरू रहेका छन् । सो क्षेत्रमा प्राकृतिक रूपमा ज्वाला प्रज्वलित हुन्छ । दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको सम्भावनाबारे अनुसन्धान भइरहेको छ ।
दैलेखी समाज बाँकेका अध्यक्ष पूर्णदेव गिरीले दैलेख घर, ससुराली, माइत, मामाघर भइ अन्य जिल्लामा बसोबास गरिरहेका सबैलाई मेलामा सहभागी भई पुण्य आर्जन गर्नुका साथै दैलेखका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न आह्वान गर्नुभएको छ ।









