तालिमपछि पत्रकारले बनाए एआइबाट फोटो र भिडियो
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको चार दिने कृत्रिम बुद्धिमत्ता (एआई सम्बन्धी अभिमुखीकारण तालिम सोमबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके अध्यक्ष नवीन गिरी र प्रशिक्षक उमंग निरौलाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
पत्रकार जीवन भण्डारी र उमंग निरौलाले सहजीकरण गर्नु भएको तालिमपछि पत्रकारले एआइबाट निर्माण गरेका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुक र टिकटकमा अपलोड गरिरहेका छन् । तालिममा जिल्लामा क्रियाशील ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।











