बाँकेका ४ पत्रकारलाई भारतको बहराइचमा सम्मान
नेपालगन्ज : बाँकेका चार जना पत्रकारलाई भारतको बहराइचमा सम्मान गरिएको छ । मान्यता प्राप्त पत्रकार एशोसिएसन बहराइचले भारतमा हिन्दी भाषाको पत्रकारिता सुरु भएको २०० वर्ष पूरा भएको अवसर आयोजित अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ मा वरिष्ठ पत्रकार पूर्णलाल चुके, डा.डक्टप्रसाद धिताल सिराज खान, र सविता चन्द ठकुरीलाई सम्मान गरेको हो ।
सम्मेलनमा पत्रकारिता, साहित्य, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षणमा सञ्चार क्षेत्रको भूमिकाबारे गहन विमर्श, विचार गोष्ठी, लघु हाँस्य–व्यंग्य कविता वाचन, सम्मान तथा अन्तरक्रियात्मक वृहत छलफल गरिएको थियो । प्रेस काउन्सिल अफ इण्डियाका पूर्व सदस्य सैइयद हुसैन रिजवीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनका प्रमुख अतिथि बहराइजका सांसद डा. आनन्द गौड रहनुभएको थियो ।








