नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्री कोषमा ५ लाख ५१ हजार सहयोग (कसले कति दिनुभयो ?)

नेपालगन्ज : भोेटेकोशी नदीका बाढी पीडितका लागि नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा साढे ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
संघको निवर्तमान कार्य समितिले संस्थागत रुपमा १ लाख ५१ हजार रुपैयाँ र नवनिर्वाचित कार्य समितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कर्मचारीहरुले व्यक्तिगत रुपमा आइतबार थप ४ लाख रुपैयाँ गरी ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
ब्यक्तिगत रुपमा सबैभन्दा धेरै रुपैयाँ सहयोग संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीले गर्नु भएको छ । उहाँले आफ्नो फर्म ओली ट्रेड एण्ड सप्लायर्सबाट १ लाख ११ हजार रुपैयाँ सहयोग गर्नु भएको छ ।
त्यसैगरी कमलकुमार कार्की (उपाध्यक्ष उद्योग)ले ३१ हजार ५ सय ५५, विष्णुप्रसाद श्रेष्ठ (उपाध्यक्ष वाणिज्य) ३१ हजार ५ सय ५५, सानु ओझा (उपाध्यक्ष महिला) २१ हजार, महासचिव विष्णु श्रेष्ठ ११ हजार १ सय ११, उपमहासचिव प्रदीप आचार्य ११ हजार २ सय २१ र कोषाध्यक्ष टीकामणि उपाध्यायले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ । एशोेसियट सदस्य अब्दुल अन्सारीले २५ हजार र अर्का एशोसियट राजीव तलंगाले १५ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको छ ।
कार्य समिति सदस्यहरु तोपबहादुर थापा, नगेन्द्र शाही, जहाँगीर मुसलमान, शरद अधिकारी, सुरज भण्डारी, फडाधर भण्डारी, सुरेश बञ्जारा जनही ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नु भएको छ । संघका कर्मचारीले एकमुष्ट रुपमा ११ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् । त्यसैगरी सदस्यहरु आदित्य गुप्ता र अतुल गुप्ताले जनही ११ हजार सहयोग गर्नु भएको छ । सदस्यहरु सन्तोष पौडेलले ७ हजार ५ सय ५०, नन्दाराम जैसीले ५ हजार ५ सय र शरदप्रसाद रिजालले ५ हजार ५ रुपैयाँ सहयोग गर्र्नु भएको हो ।