कोजाग्रत पूर्णिमामा टीका लगाएर बडादशैंको विदाइ

नेपालगन्ज : हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड बडादशैं आइतबारबाट सम्पन्न भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरू भएको दशैंको नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पू्र्णिमा)मा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी १५ दिन लामो दशैं सम्पन्न भएको हो । आज अन्तिम दिन पनि विश्वभर रहेका नेपालीले मान्यजनबाट टीका र जमरा लगाइएका छन् । यो वर्ष दशैं र तिहारको टीका दुबै कार्तिक महिनामा नै परेको छ ।