नेपालगन्ज-दिल्ली उडान र सुख्खा बन्दरगाहलाई प्रधानमन्त्रीको भारत भ्रमणमा एजेण्डा बनाउन माग

नेपालगन्ज : प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालगन्ज-दिल्ली सिधा हवाई सेवा सञ्चालन र नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई एजेण्डामा समावेश गर्न बाँकेबासीले माग गरेका छन् ।
नेपालगन्ज उद्योेग वाणिज्य संघले सोमबार डाकेको सर्वदलीय सर्वपक्षीय बैठकको सुझावका आधारमा अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वको टोलीले मंगलबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत प्रधानमन्त्री कार्यालयलाई स्मरणपत्र पठाइएको हो ।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडान र सुख्खा बन्दरगाहको विषयमा संघले यसअघिका सरकारलाई ज्ञापन पत्र बुझाइसकेकाले सो को कार्यान्वयन गर्न स्मरण पत्र पठाएको अध्यक्ष ओलीले बताउनुभयो।
स्मरणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले संघले बुझाएको स्मरण पत्र जस्ताको तस्तै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाउनुु भएको थियो ।
संघको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।