एशिया कप राइजिङ स्टार क्रिकेट : नेपाल यूएईलाई १२१ रनमा सिमित गर्न सफल
नेपालगन्ज : एशिया कप राइजिङ स्टार क्रिकेटको आइतबारको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई १२१ रनमा सिमित गर्न सफल भएको छ ।
कतारको दोहामा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले आफ्नो दोस्रो खेलमा ३९.५ ओभरमा सबै विकेट गुमाएर यूएईले १२२ रनको लक्ष्य दिएको हो ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक एक विकेट लिए । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ । भारतसँगको पीडादायी हारपछि नेपालले उत्कृस्ट पुनरागमन गर्दै युएईको पारी धरासायी बनाएको थियो।











