लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा दिपिका र सुराजन उत्कृष्ट

नेपालगन्ज : प्रथम लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा बाँकेका दिपिका थापा र दाङका सुराजन चौधरी उत्कृष्ट खेलाडी हुनु भएको छ ।
भृकुटी तेक्वान्दो डोजाङ नेपालगन्जले राप्तीसोनारी गाउँपालिकाको अगैयामा आयोजना गरेको प्रतियोगितामा दिपिकाले ४२ केजी मुनि तौल समूहमा स्वर्ण पदक र सुराजनले ५१ केजी मुनि तौल समूहमा रजत पदक जित्नु भएको हो ।
प्रतियोगितामा गेरुगी र पुम्से विधा समेटिएको थियो । गेरुगीको महिला ४४ केजी मुनि तौल समूहमा बर्दियाकी ममता रावतले स्वर्ण, बाँकेकी युनिका डाँगीले रजत तथा कपिलवस्तुकी कोपिला डाँगी र दाङकी विनिता विकले काँस्य पदक जित्नुभयो।

४६ केजी मुनिमा रुपन्देहीका लीजा चौधरीले स्वर्ण, प्यूठानकी सिन्थिया थापाले रजत, कपिलवस्तुकि रितु राजकोटी र दाङकी लक्ष्मी केसीले काँस्य पदक जित्नुभयो। ४२ केजी मुनिमा बाँकेकी दिपिका थापाले स्वर्ण, प्यूठानकी दीक्षा धामीले रजत, बर्दियाकी सपना खड्का र रोल्पाकी स्वस्तिका थारुले काँस्य पदक हात पार्नुभयो । ४९ केजी मुनिमा बर्दियाकी स्वर्णिमा घर्तिले स्वर्ण, बाँकेकी सृष्टि चन्द रजत, दाङकी रोजी वली र नवलपरासीकी सुजता थारुले कास्य पदक जित्नुभयो। पुरुषतर्फ ४५ केजी मुनि सल्यानका विवेक शाहीले स्वर्ण, बाँकेका सिमन थारुले रजत, रोल्पाका विकेश घर्ति र दाङका बिस्ने परियारले काँस्य पदक जित्नुभयो। ४८ केजी मुनि प्यूठानका प्रेम विकले स्वर्ण र सल्यानका तिलक थारुले रजत पदक जित्नु भएको थियो । ५१ केजी मुनि बाँकेका गौरव सिंहले स्वर्ण, दाङका सुराजन चौधरीले रजत, प्यूठानका दिनेशराज गिरी र सल्यानका धर्मराज विकले काँस्य पदक जित्नु भयो । ५४ केजी मुनि प्यूठानका संघर्ष खड्काले स्वर्ण, बाँकेका निराजन शाहीले रजत, बर्दियाका अनुप चौधरी र कपिलवस्तुका तिलक रानाले काँस्य पदक हात पार्नु भएको थियो । सिनियर पुम्से महिलामा बाँकेकी मल्लिका शाही र पुरुषमा बर्दियाका नवराज बस्नेतले स्वर्ण जित्नुभयो ।
प्रतियोगितामा बाँके प्रथम र बर्दिया द्वितीय भएको छ ।
प्रतियोगिताका विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो । उहाँले खेल र खेलाडीको विकासमा आफू सधैं लागिपर्ने बताउँदै यही आर्थिक वर्षभित्र ट्रस्ट बनाउने प्रतिबद्धता जनाउनु भयो । रमेश तिमिल्सेनाको अध्यक्षतामा भएको समापन समारोहमा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारु, वडा नम्बर ८ का अध्यक्ष शालिकराम डाँगी, वडा नम्बर ३ का महिला सदस्य रिता दमाई, पालिकाका खेलकुद प्रशिक्षक प्रतापसिंह थारु, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान् थापा, बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने, सचिव जंगवीर थारु, भृकुटी तेक्वान्दो डोजाङका संयोजक उमादेवी थापा, प्रशिक्षक एवं प्रतियोगिताका संयोजक चन्द्रप्रकाश श्रेष्ठलगायतले विजेता टीम तथा खेलाडीलाई पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रोल्पा, प्यूठान, रुपन्देही र कपिलवस्तुका खेलाडी सहभागिता रहेको थियो ।