बुधबार, मंसिर १०, २०७७ / Wednesday 25th November 2020

कोरोना अपडेट : विश्वभरको मृत्युमा एक चौथाइ अमेरिकामा

फोटो : इन्टरनेटबाट

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) को महामारीबाट अमेरिकामा ५२ हजार बढीको मृत्यु भएको छ । शनिबार बिहानसम्म विश्वभर करिव २ लाख जनाको मृत्यु हुँदा अमेरीकामा ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको हो । यो विश्वमा मृत्यु भएका संख्याको करिव एक चौथाई हो । वोल्डोमिटर्स डट इन्फोका अनुसार कोरोना भाइरसका कारण विश्वभर २८ लाख ३० हजार संक्रमित भएकोमा यो संख्या अमेरिकामा मात्रै ९ लाख २५ हजार बढी छ ।
संक्रमित बिरामीहरुको निको हुने दर पनि अमेरीकामा ज्यादै न्यून रहेको छ । अहिलेसम्म अमेरिकामा १ लाख १० हजार ४ सय ३२ जना बिरामी मात्रै निको भएका छन् । विश्वमा अहिलेसम्म करिव ८ लाख बिरामी निको भएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार १ सय ७४ जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५१ जनाको मृत्यु भएको छ । यो संख्या पछिल्ला दुई दिनभन्दा कम हो । त्यस्तै पछिल्लो २४ घण्टामा यूकेमा सात सय ६८, इटलीमा चार सय २०, फ्रान्समा तीन सय ८९, स्पेनमा तीन सय ६७, जर्मनीमा एक सय ८५, ब्राजिलमा तीन सय ५७ र भारतमा ५९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म सात सय ८० जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *