कोरोनाबाट भेरी अस्पतालमा कालिकोटकी ६० वर्षीया महिलाको मृत्यु
नेपालगन्ज : कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेकी कालिकोटकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर ओलीका अनुसार कालिकोटको पचालझरना १ की ६० वर्षीया महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । योसँगै बाँके जिल्लाका अस्पतालमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४४० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।