दैलेखमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ९ घाइते

मृतक रामबहादुर हमाल

रमेशकुमार यादव । कम्दी (बाँके)
दैलेखको महाबु गाउँपालिका ४ फगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र नौ जना घाइते भएका छन् ।
स्थानीय रामबहादुर शाहीले टेलिफोन सम्पर्कमा मेरो खुसीलाई दिएको जानकारी अनुसार बागमती प्रदेश ०१ ०२६ च ५२६६ नम्बर जिप मंगलबार राति ८ बजेतिर दुर्घटना हुँदा महाबु ५ को शिव अधारभूत विद्यालय गडीगाउँका प्रधानाध्यापक ४० वर्षका रामबहादुर हमालको घटनास्थलमै मृत्यु भएको हो । घाइतेहरुलाई स्थानीयले उद्दार गरेर उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाएका छन् ।