बाँके जिल्ला लिग फुटबल  र एन्फाको जिल्ला अधिवेशनको मिति घोषणा

नेपालगन्ज : बाँके जिल्ला फुटबल संघ (एन्फा)ले चुनावी साधारणसभा र जिल्ला लिग फुटबल गर्ने निर्णय गरेको छ ।
बुधबार बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले फागुन २१ गते नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभामा बाँके जिल्लाका १२ वटा क्लबका प्रतिनिधि तथा फुटबलकर्मीले चुनावी साधारण सभामा भाग लिनेछन् । यसैगरी कार्यसमिति बैठकले जिल्ला लिग फुटबल फागुन १४ गतेदेखि गर्ने निर्णय गरेको छ । जिल्ला लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष शाहीले भने, ‘जिल्ला लिग फुटबल र चुनावी साधारण सभा हाम्रो संघका लागि महत्वपूर्ण कुरा हुन । यसअघि कोभिडको कारण यी कुराहरु गर्न सकिएको थियो । अवस्था सहज भएपछि हामीले गर्ने निर्णय गरेका हौं । यसले बाँकेको फुटबललाई गतिशील बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ ।’