कैलालीको विपतपुर मुक्त कमैया शिविरमा आगलागी हुँदा ७० घर जलेर नष्ट

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्त कमैया शिविरमा आइतबार दिउँसो आगलागी हुँदा ७० घर जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण आइसकेको छैन । आगलागीबाट अन्नबालीका साथै बङ्गुर, पशु चौपायासहित धनसम्पत्ती जलेर नष्ट भएको अध्यक्ष कमलप्रसाद चौधरीले बताए ।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका र गौरीगङ्गा नगरपालिकाको दमकलको सहयोग र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,संघसंस्था र स्थानीवासीले आगो निभाइएको छ ।


दिउँसोदेखि लागेको आगो अपराह्न नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। आगलागी पिडितलाई विभिन्न ठाउबाट तत्कालिन राहात पु¥याउने प्रयास गरिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका महामन्त्री लोकराज जोशीले बताए ।