होसियार ! तपाईको अमूल्य भोट बदर होला ? बदर हुने ६ कारण

नेपालगन्ज : पाँच वर्षमा ७ जना जनप्रतिनिधि चयन हुन लागेको स्थानीय तह निर्वाचनमा मत बदर हुने सम्भावना धेर
निर्वाचन आयोगले मतपत्र बदर हुने ६ वटा कारण देखाएको छ । एउटै मत दुई वटा चुनाव चिन्हमा मतदान गर्दा बदर हुन्छ । जस्तो : गठबन्धन बनेको छ । गठबन्धनका दलका सबै दलका मतपत्रमा ६ वटा चुनाव चिन्ह छन् । मतदाता झुक्किएर सबैतिरका मतदातालाई मत हाल्न सक्छन् । यसरी मतदान गर्दा मत बदर हुन्छ । त्यस्तै मतदान चिन्हको कोठाभन्दा बाहिरको रेखालाई छोएमा पनि मत बदर हुन्छ । दुई मतपत्रको बीचमा मत गर्नु हुँदैन । यो पनि बदर हुन्छ । स्वस्तिक चिन्हले मतदान गर्ने हो । कलमले लेख्ने वा औंठा छाप लगाउँदा पनि मत बदर हुन्छ । मतपत्र लिँदै गर्दा मतदान अधिकृतको हस्ताक्षर भएको मतपत्र लिन नभुल्नु होला । मतदान अधिकृतकै हस्ताक्षर नभएको मतपत्रमा कुनै गल्ती बिनाको मतपत्र भए पनि बदर हुन्छ । मतदान गरिसकेपछि मतलाई राम्ररी पट्याएर मतपेटिकामा राख्नुपर्छ । मत पेटिका भन्दा बाहिर राखेको मत पनि बदर हुन्छ ।
स्थानीय तह निर्वाचन २०७९ मा मतदाता शिक्षा नाम मात्रको भयो । २८ र २९ गते मतदान केन्द्रमा मतदाता परिचय पत्र लिन आउनेहरुलाई मात्र मत कसरी हाल्ने भन्नेबारे जानकारी गराइने व्यवस्था भयो । नागरिकता वा पहिचान खुल्ने परिचय पत्र भएमा मतदाता परिचय पत्र नै आवश्यक नपर्ने व्यवस्थाले धेरै जना त मतदान केन्द्रसम्म पनि पुगेनन् । नाम मात्रको मतदाता शिक्षाका कारण यो निर्वाचनमा धेरै मत बदर हुने खतरा छ । अझ गठबन्धन बनेको ठाउँमा त झन यो खतरा बढी भएको निर्वाचन कार्यालय र मतदान अधिकृत नै बताइरहेका छन् ।
बाँकेमा एक चौथाइ भन्दा कम मतदातालाई मात्र मतदाता शिक्षा दिइएको छ । ती सबै मतदातालाई पनि मतदाता शिक्षा पाएका छैनन् । औपचारिकता मात्र दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार जिल्लामा तीन लाख २९ हजार ४७३ मतदातामध्ये ८१ हजार नयाँ मतदाता थपिएका छन् । ८० हजार नयाँ मतदाता र एक हजार बसाइसराइ गरेर आएका हुन् । जिल्लाका कूल मतदातामध्ये २४.५४ प्रतिशत हुन आउँछ । जिल्लाका हरेक निर्वाचन केन्द्रमा मतदाता परिचय लिन आएका व्यक्तिलाई मात्र २८ र २९ वैशाखमा मतदाता शिक्षा दिने व्यवस्था गरिएको थियो ।
‘मतदाता परिचय पत्र लिन आउनेलाई मात्र मतदाता शिक्षा दिने भनिएको छ । सबै जना कार्ड लिन आउँछन् कि आउँदैनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ’, नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत षडानन्द तिवारी भन्छन्, ‘मतदातालाई मतदान गर्न अप्ठारो छ ।’
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग)का लुम्बिनी प्रदेश कोषाध्यक्ष वसन्त गौतम आफूले जिल्लाका नेपालगन्ज, खजुरा, जानकी, डुडुवा र बैजनाथ गाउँपालिकाका विभिन्न गाउँटोलमा अनुगमन गर्दा मतदाताहरु अलमलमा परेका बताए । उनले भने, ‘मतदाता भन्छन्, भोट मागिरहेका छन् । भोट कसरी हाल्ने भन्ने सिकाउँदैनन्’, उनले मतदातालाई उद्दृत गर्दै भने । जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार जिल्लाभरी ३७९ वटा निर्वाचन केन्द्र छन् ।