नेपालगन्जका ११ वडालाई एक करोड बढी बजेट, सबैभन्दा बढी १८ नं. लाई १ करोेड ६३ लाख (सूचीसहित)
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि कूल बजेटको १५ प्रतिशत भन्दा बढी वडाको सिलिङ बनाएको छ ।
बिहिवार ११ औं नगरसभामा नगर उपप्रमुख कमरुद्दिन राईले प्रस्तुत गरेको बजेटमा चालु आव २०७८/७९ भन्दा करिब ९ करोडले बढी छ तर वडालाई तीन करोड रुपैयाँ घटाइएको छ । नगरको कूल बजेट भने एक अर्व ६३ करोड ६५ लाख ७२ हजार ४०० रुपैयाँ रहेको छ । वडालाई २५ करोड विनियोजन गरिएको छ । जुन कूल बजेटको १५ प्रतिशत हो ।
सबैभन्दा बढी बजेट वडा नं. १८ मा १ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । ११ वटा वडाको बजेट एक करोडभन्दा बढी छ । वडा नं. २० मा एक करोड ५५ लाख, वडा नं. ४ मा १ करोड ५१ लाख, वडा नंं. १ मा १ करोड ४२ लाख, वडा नंं. १० मा १ करोड ३१ लाख, वडा नं. १९ मा १ करोड २० लाख, वडा नं. १३ मा १ करोड १९ लाख, वडा नं. २ मा एक करोड १८ लाख, वडा नं. ६, १६ र वडा नं. २१ मा एक करोड बढीको बजेट छ । कम बजेट वडा नं. २३ मा ६४ लाख रहेको छ ।