भेरी अस्पतालबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् ।
अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई सर्च अप्रेसन गर्न अनुरोध गरेको बुझिएको छ । अस्पतालमा एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकललगायत चोर्ने गरेको प्रहरीको भनाइ छ ।