इँटा भट्टाको जमेको पानी खोल्दा स्थानीयको घर भत्कियो, क्षतिपूर्ति माग

 

नेपालगन्ज : इँटा भट्टाले वर्षातमा जमेको पानी खोल्दा नेपालगन्जमा एक घर भत्किएकोे छ ।
डुडुवा गाउँपालिका-३ मा रहेको नाइम इँटा भट्टा उद्योगले वर्षातमा जमेको पानी खोल्दा नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ का आरिफ खाँको घर भत्किएको छ । स्थानीयले भर्खरै रोपेको धान बाली र धानको बीउ पनि नष्ट भएको पीडित अक्लिम खाँले जानकारी दिए । पीडित स्थानीयले क्षतिपूर्ति माग गरेका छन् ।