बाँकेमा बाढीबाट साढे ७ हजार हेक्टरको धान डुबानमा

नेपालगन्ज : अविरल वर्षाबाट बाँकेका ८ स्थानीय तहमा झन्डै साढे ७ हजार हेक्टरमा लगाएको धान बाढीको डुबान र कटानमा परेको छ ।
यो वर्ष गत असोज १९–२४ सम्म आएको अविरल वर्षाले पनि बाँकेमा ७ हजार ४६० हेक्टरमा लगाएको धान बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त कार्यालय प्रमुख सकील अहमदले बताए । सबैभन्दा धेरै धानबालीमा क्षति राप्तीसोनारी गाउँपालिकामा एक हजार ६५० हेक्टर, दोस्रो बढी क्षति डुडुवा गाउँपालिकामा एक हजार ४६० र तेस्रो बढी खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टरमा भएको छ । सबैभन्दा कम कोहलपुर उपमहानगरपालिकामा ३६५ हेक्टरमा क्षति भएको छ । जानकी गाउँपालिकामा ९५०,बैजनाथमा ८३०, कोहलपुरमा ७३० र नरैनापुरमा ३८० हेक्टर क्षेत्रफलमा क्षति भएको छ । अहमद भन्छन्, ‘काटेर खेतमा सुकाएको, पाकेर काट्न ठीक्क पारेको धान बाढीमा परेको छ । पाकेको धान बालामै उम्रिएको छ । क्षतिको एकिन तथ्याङ्क आउन अझैं केही दिन लाग्नेछ ।’