मोहना नदीमा पौडी खेल्दै लागूऔषधको कारोबार !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा सुरक्षाकर्मीलाई छल्न लागूऔषध कारोबारीले नयाँ नयाँ जुक्ति निकालेका छन् । केही दिन अघि आलुको दानामा लागूऔषध ब्राउन सुगरसहित फेला पारेको कैलाली प्रहरीले पौैडेर नदी पार गर्दै लागूऔषधको कारोबारीलाई पनि पक्राउ गरेको छ । टीकापुर नगरपालिकाको खक्रौलामा नेपाल र भारतको सीमामा पर्ने मोहना नदीमा पौडी खेलेर पार गरिरहेका अवस्थामा टीकापुर नगरपालिका ८ चौगुर्दीका २० वर्षका संजय लुहारलाई पक्राउ गरेको प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायव निरीक्षक रेवन्त बोहराले बताए ।
लुहारले कट्टुभित्र गुप्ताङ्गको भागमा कालो प्लाष्टिकको पोकामा १४४ ट्यट्याब्लेट नाइट्रोभेट फेला पारेको हो । उनलाई कैलाली जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी हेमबहादुर शाहीले बताए । कैलालीको टीकापुर क्षेत्रमा हरेक दिन जसो लागूूऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् ।