राष्ट्रिय सेवा दलद्वारा कम्दी क्षेत्रमा सरसफाइ

रमेशकुमार यादव । पदमपुर
बाँकेको कम्दी क्षेत्रका गाउँ, टोल र बजार क्षेत्रमा सरसफाइ गरिएको छ ।
राष्ट्रिय सेवा दलको आयोजनामा शनिबार सफा वातावरण स्वस्थ जीवन, आजको आवश्यकता सचेतना अभियान अन्तरर्गत डुडुवा गाउँपालिकाको वडा नं ५ मा पर्ने बालापुर, कम्दी, सिधनिया, पदमपुर, मिलन चोक क्षेत्रमा सरसफाई गरिएको राष्ट्रिय सेवा दलका प्रशिक्षक रोशन सापकोटाले जानकारी दिए । शहिद स्मारक माध्यमिक विद्यालय कम्दीका शिक्षक, कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थी, सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयको सहभागितामा सरसफाइ गरिएको थियो ।