नेपालगन्ज उद्योग वाणिज्य संघको दोस्रो चरणको आन्दोलनमा किन ?

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आव्हानमा सोमबार नेपालगन्जमा उद्योेगी व्यवसायीले विशाल विरोध प्रदर्शन गरेका छन् ।
त्रिभुवन चोकको पूर्वी लाइनस्थित संघको कार्यालयबाट निस्केको विरोध .  नगर परिक्रमा गर्दै धम्बोझीस्थित नेपाल राष्ट्र बैंकको नेपालगन्ज कार्यालय अगाडि एक घण्टा प्रदर्शनकारीले धर्ना पनि दिए । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिबिरुद्ध बाँकेका उद्योगी, ब्यवसायीको यो दोस्रो चरणको आन्दोलन हो ।

राज्यको नीतिविरुद्ध आन्दोलन किन त ? नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी भन्छन्, ‘ब्यवसायीले लिएको ऋण हरेक वर्ष एक पटक चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । कर्जा लिने कारोबारको २० र २५ प्रतिशत मात्रै ऋण पाउने ब्यवस्था पनि अव्यवहारिक छ ।’
त्यत्ति मात्र होइन, उद्योगी व्यवसायीले बैंकको ब्याज पटक पटक बृद्धि हुनु, आयात गर्दा एलसी नीति, कर्जाको लागि कारोबार उदाङ्गो पार्नुपर्ने अव्यवाहारिक नीति रहेका छन् । प्रदर्शनकारीले चालु रहेको ओभर ड्राफ्ट लोन यथावत राख्नुपर्ने, एलसीको १०० प्रतिशत मार्जिन खारेज गर्नुपर्ने, वर्षमा एक पटक चालु पूँजी ऋण चुक्ता गर्ने प्रावधान खारेज गर्नुपर्ने, राष्ट्र बैंकको मौद्रिक नीति खारेज हुनुपर्ने र बैंक ब्याज सिंगल डिजिटमा हुनुपर्ने माग रहेको छ ।

विरोध प्रदर्शन कार्याक्रममा संघका पदाधिकारी र सदस्यसँगै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठसहित बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रका उद्यमी, व्यवसायी, को सहभागिता रहेको थियो ।