३६ जनामा दादुरा पुष्टि भएपछि नेपालगन्जमा दादुरा-रुवेलाविरुद्धको खोप लगाउन सुरु

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा ३६ जनामा दादुरा पुष्टि भएपछि दादुरा-रुवेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
उपमहानगरपालिकामा शुक्रबार मात्र ४४१ बालिका र ४३४ बालक गरी ८७५ जनालाई दादुरा-रुबेला विरुद्धको खोप लगाएको को स्वास्थ्य शाखामा कार्यरत तेज ओलीले जानकारी दिए । नेपालगन्जमा ६ महिना देखि १५ वर्ष उमेर समूहका करिव १० हजार ९९८ बालबालिकाहरुलाइ दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य छ । गत १४ पुसमा पहिलो पटक एकैैघरमा तीन जनासहित चार जनामा दादुरा पुष्टि भएपछि परीक्षण गर्दा ३६ जनामा दादुरा पुष्टि भएको हो ।