बाँकेमा ११० जना दादुराका बिरामी फेला

नेपालगन्ज : बाँकेमा ११० जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जका १०८ र खजुरा गाउँपालिकाका दुई जना संक्रमित रहेका छन् ।
नेपालगन्जको वडा नं. ५ मा एक जनाको मृत्यु भइसकेको छ । त्यो वडामा १५ जना बिरामी फेला परेका छन् । सबैभन्दा बढी दादुरा रोगी २९ जना नेपालगन्जमा २९ जना र वडा नं. ७ मा २८ जना रहेका छन् । नेपालगन्जको वडा नं. १, ९, १०, ११, १४, १५ र २२ मा जनामा दादुरा संक्रमित फेला परेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । पुस १२ गतेदेखि नेपालगन्जमा दादुराका बिरामी फेला पर्न थालेका हुन् ।
दादुराका संक्रमित भेटिएका नेपालगञ्ज क्षेत्रका ६ वटा वडाका १० खोप केन्द्रबाट दादुरा–रुबेला विरुद्धको खोप अभियान जारी छ । खोप अभियान अन्तर्गत शुरु गरिएको ४ दिनमा नेपालगन्जका २ हजार १ सय १९ जना बालबालिकालाई खोप लगाइएको महाशाखाले जनाएको छ ।