तीन महिने कृषक पाठशालाको समापन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा सञ्चालित कृषक पाठशाला समापन भएको छ
टीकापुर ९ बौनियामा दिगो विकास समाज भजनीद्वारा सञ्चालित पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तरगत जलवायु अनुकूल कृषक पाठशाला बुधबारदेखि समापन भएको हो ।
जुनेली कृषक पाठशालाका अध्यक्ष वसन्ती चौधरीको अध्यक्षता भएको समापन कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ९ कि वडा सदस्य लाली चौधरी रहेकी थिइन्। कार्यक्रममा जुनेली कृषक पाठशालाका सहभागीले ३ महिनामा आफू सिकेका कुरालाई नाटकका माध्यमबाट प्रस्तुति दिएका थिए । कृषक पाठशालामा दिगो विकास समाज भजनीले कृषि औजार बीउ र प्राविधिक सहयोग गरेको परियोजना अधिकृत विनोद शाहले जानकारी दिए । संस्थाले कैलालीको भजनी र टीकापुर नगरपालिकामा दुई दुई वटा वटा गरी ४ वटा कृषक पाठशाला सञ्चालन गरेको थियो । समापन कार्यक्रममा दिगो विकास समाज भजनीका सदस्य टीकाराम चौधरी र विनोद शाहलगायतले आफ्ना धारणा ब्यक्त गरेका थिए ।