लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरी नियुक्त

लुम्बिनी प्रदेश मुख्यमन्त्री लीला गिरी

नेपालगन्ज : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् ।
एमाले संसदीय दलको नेता गिरीले ५८ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदले समर्थन गरेका छन् । गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्रीमा भएका छन् । संस्थापक शंकर पोखरेल र दोस्रो कुलप्रसाद केसी मुख्यमन्त्री भएका थिए ।