नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुखमा डीआइजी टेकप्रसाद राई

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी टेकप्रसाद राई । फोटो : नयाँपेज डटकम

नेपालगन्ज : लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा डीआइजी टेकप्रसाद राईको सरुवा भएको छ ।
नेपाल प्रहरीका १७ जना डीआइजीको बिहीबार गरिएको काज सरुवामा नेपाल प्रहरी प्रधान कार्यालयमा प्रवक्ता रहेका डीआइजी राईलाई लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी दिइएको हो । लुम्बिनी प्रहरी प्रमुख रहेका नलप्रसाद उपाध्यायलाई प्रहरी प्रतिस्थानमा खटाइएको छ । राई यसअघि एसपी हुँदा बाँके प्रहरी प्रमुखको रुपमा कार्य गरेका थिए ।