सांसद नमूना लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त

नेपालगन्ज : प्रदेशसभा सदस्य कृष्णा केसी नमूना लुम्बिनी प्रदेश सरकारको मन्त्री भएकी छन् ।
बाँके क्षेत्र नं. १ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित सांसद नमूनाले बिहीबार बिना विभागीय मन्त्रीको सपथ ग्रहण गरेकी हुन् । उनी यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरीलाई बिहीबार पद तथा गोेपनियताको शपथ ग्रहण गराए लगत्तै माओवादी केन्द्रकी नेतृ सांसद नमूनासँगै एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य मन्त्री नियुक्त भएका हुन् ।

बिहीबार नै लुम्बिनी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद्ले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रबिन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ ।