बाँकेका २०९ जना दादुराका बिरामी फेला

नेपालगन्ज : बाँकेमा २०९ जना दादुरा बिरामी फेला परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा सबैभन्दा धेरै १९१ जना बिरामी फेला परेका छन् । नरैनापुर गाउँपालिकामा १३, खजुरा गाउँपालिकामा ३ जना र कोहलपुर नगरपालिकामा २ जना फेला परेका हुन् । जिल्लामा अहिलेसम्म १५० जना निको भइसकेका छन् भने एक जनाको मृत्यु भएको छ । ५८ जना घरमै उपचाररत छन् । नेपालगन्ज ३१ हजार ४२ जना र खजुराका ५ हजार ९७४ जना गरी ३७ हजार १६ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ ।