डा. पाण्डे प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्ष

अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेश स्तरीय तदर्थ कमिटीको नवनिर्वाचित टिम । फोटो : कमेरो डटकम

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे अखिल नेपाल प्रगतिशील चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्ष भएका छन् ।
माओवादी निकट चिकित्सकहरुको बिहीबार नेपालगन्जमा सम्पन्न प्रदेश स्तरीय प्रथम भेलाले डा. पाण्डेको नेतृत्वमा ११ सदस्यीय संघको लुम्बिनी प्रदेश तदर्थ कमिटी गठन गरेको हो ।
संघको उपाध्यक्षमा डा. डिबी खत्री र डा. सुवास जिसी, महासचिवमा डा. देवेन्द्र आचार्य र सचिवमा डा. सुदर्शन थापा चयन भएका छन् । त्यसैगरी डा. सकुन्तलाकुमार गुप्ता, डा. अभिषेक यादव, डा. साजन थापा, डा. होमनाथ अधिकारी, डा रवि वाग्ले र डा. मधुसूदन घिमिरे सदस्य चयन भएका छन् ।
अखिल नेपाल प्रगतिशील चिकित्सक संघका केन्द्रिय उपाध्यक्ष डा। श्याम बिकको अध्यक्षतामा सम्पन्न भेलामा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष डा. कृष्णसागर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश मन्त्री एवं माओवादी केन्द्रिय सदस्य कृष्णा केसी नमुना, माओवादी बाँके संयोजक डम्बर बिक तुफान, भेरी अस्पतालका नर्सिङ प्रमुख (मेट्रोन) दुर्गा लक्ष्मी श्रेष्ठ र प्रेस सेन्टर बाँके अध्यक्ष डक्टप्रसाद धितालले भेलाको सफलताको कामना गरेका थिए ।