बागेश्वरीमा चौथो पटक महाआरती (फोटो फिचर)

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगन्जमा सोमबार साँझ र्चाैथो पटक महाआरती भएको छ । नाट्टा बाँके च्याप्टरले बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकालगायतसँगको सहकार्यमा बागेश्वरी मन्दिरको तलाउको पूर्वी किनारस्थित पार्कमा महाआरती गरेको हो । महाआरतीमा गुल्मेली समाज सेवा समिति बाँकेको टोलीले सोमबार पनि भजन किर्तन गरेको थियो । हरेक सोमबारको साँझ बागेश्वरीमा नियमित महाआरती हुन थालेको छ ।