११६ ग्राम ब्राउन सुगरसहित बाँकेमा ३ पक्राउ

नेपालगन्ज : बाँकेको कोहलपुरबाट ११६ ग्राम ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार कोहलपुर नगरपालिका १२ चप्परगौडीबाट २ जना र कोहलपुर ११ बजार क्षेत्रबाट १ जना गरि ३ जनालाई प्रहरी टोलीले पक्राउ गरेको हो । चप्परगौंडीमा सडक नजिक फलफूल किन्न लागिरहेका बेला शंका लागि सोधपुछ गर्दा लागू औषध ब्राउन सुगरसहित बर्दियाका विशालसिंह ठकुरी र कोहलपुरका जिर्नन ढकाल भे १३ प २७३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन् । भारतको बलेइगाउँबाट लागूऔषध ओसारपसारमा बर्दिया बढैयातालका बिक्रमसिह ठकुरी समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धान पश्चात पत्ता लागेपछि लुकिछिपि बसिरहेका ठकुरीलाई प्रहरीको टोलीले कोहलपुर ११ बाट पक्राउ गर्न सफल भएको हो । निजहरुको साथबाट प्रहरीले मोबाइल ३ थान, मोटरसाइकल १ थान र विशालसिंह ठकुरीको साथबाट नगद ९ हजार तीन सय बरामद गरेको छ ।