बागेश्वरीमा पाँचौं महाआरती : भव्य सहभागिता (फोटो फिचर)

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगन्जमा सोमबार साँझ पनि भव्य रुपमा महाआरती भएको छ ।
नाट्टा बाँके च्याप्टरले बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकालगायतसँगको सहकार्यमा बागेश्वरी मन्दिरको तलाउको पूर्वी किनारस्थित पार्कमा पाँचौ पटक महाआरती भएको हो । पहिलो आरती १५ माघमा भएको थियो । दोस्रो माघ २३ गते, दोस्रो तेस्रो १ फागुन, चौथो ८ फागुन, र पाँचौं १५ फागुनमा भयो । अहिले हरेक सोमबारको साँझ बागेश्वरीमा नियमित महाआरती हुन थालेको छ ।