बर्दियाको भुरिगाउँमा महिला मृत फेला,नारी एकता शक्ति केन्द्रद्वारा सत्यतथ्य सार्वजनिक गर्न माग

नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरिगाउँमा एक महिलाको शव फेला परेको छ ।
भुरिगाउँको नेपाल टेलिकम कार्यालय गेट नजिक कञ्चनपुर, नेउलापुर गाउँ जाने सडक किनारमा ठाकुरबाबा नगरपालिका ५ गोविन्दपुर घुम्नाफाँटा गाउँकी ४१ वर्षिया सन्चुरिया थारु बुधबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाको तीन दिन बितिसक्दा पनि मृत्युबारे प्रहरीले सत्यतथ्य सार्वजनिक गरेको छैन ।
नारी एकता शक्ति केन्द्र ठाकुरबाबा नगरपालिका बर्दियाले शुक्रबार विज्ञप्ती जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग सरकारसँग माग गरेको छ । केन्द्रका अध्यक्ष मेनका पोखरेलद्वारा जारी विज्ञप्तीमा इलाका प्रहरी कार्यलय नजिकै भएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । अपराधीलाई कानुनी रुपमा सजाय दिलाउन र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन माग गरिएको छ ।