पहाडसँगै तराईमा मनाइयो होली (फोटो फिचर)

नेपालगन्ज : फागु पूर्णिमा अर्थात होली पर्व सोमबार पहाडी, हिमाली जिल्लासँगै तराईमा पनि हर्षोल्लासका साथ मनाइएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लामा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाइन्छ । होलीमा प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गरिन्छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।