कोहलपुरमा सिकलसेलका लागि सरकारको ७० लाख बजेट
नेपालगन्ज : नेपाल सरकारले कोहलपुर नगरपालिकालाई सिकलसेल एनिमियाका लागि बजेट विनियोजन गरेको छ ।
संघीय सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कोहलपुरमा दुई वटा योजनामा बजेट विनियोजनमा सिकलसेल एनिमिया ल्याब सञ्चालन तथा व्यवस्थापनका लागि ७० लाख बजेट विनियोजन गरेको हो । समपुरकतर्फ डुडुवा, रोहिनी खोला तटबन्धका लागि ५० लाख बजेट बिनियोजन भएको छ । यो योजनामा नगरपालिकाले ५० लाख थप्ने छ । यो योजना एक करोडको हुनेछ ।
कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपुरक र विषेशतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको छ । कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपुरक र विषेश योजनाका लागि ११ वटा योजना माग गरि पठाएको थियो ।