मृतक अध्यापक रेग्मीको सुुसाइड नोट फेला परेको प्रहरी दाबी
नेपालगन्ज : बाँकेको ढकेरीको जंगलमा मृत अवस्थामा फेला परेका महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अर्थशास्त्रका आंशिक अध्यापक रविन्द्र रेग्मीको सुसाइड नोट फेला परेको दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले पूर्व पश्चिम राजमार्गको जंगलमा शरीर जलेको अवस्थामा मंगलबार बिहान भेटिएको, शव नजिकै पेट्रोल बोकेको भाँडो र २ पेजको सुसाइड नोट फेला परेको बताए । प्रहरीले सुसाइड नोट रेग्मी आफैैले लेखेका हुन् वा होइन भन्नेबारे अध्ययन गरिरहेको जनाएको छ । उनी सोमबार २:३० बजेतिर घरबाट मिटिङ्ममा जानुछ भनेर भे ६ प ८२२४ नं. को मोटरसाइकलमा निस्किएका थिए । रेग्मीका दुई छोरा र पत्नी छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रेग्मी आदर्श मावि राँझामा प्लस टु, नेपालगन्जका निजी कलेज अर्थशास्त्र र गणित विषय पढाउँथे ।