संघको सदस्यमा समावेशीका ७ र साझा प्रजातान्त्रिकका ३ विजयी (सूचीसहित)

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य पदमा समावेशी प्यानलबाट सात जना र साझा प्रजातान्त्रिकका तीन जना निर्वाचित भएका छन् ।
निर्वाचन आयुक्तका कार्यालयका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ (१९८०), डम्बरबहादुर चन्द (१८३७), इन्दिराकुमारी शाही (१८२०), तोपबहादुर थापा (१७२२), सुदन केसी (१७०१), टीकामणि उपाध्याय (१६०३) र बुद्धिबहादुर विके (१५८६) निर्वाचित भएका छन् । साझा प्रजातान्त्रिकबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल निर्वाचित भएका छन् । अध्यक्ष र उपाध्याक्ष पदमा पनि समावेशी प्यानलकै अग्रता छ ।