१७६औं पटक रक्तदान गर्ने प्रेमसागरलाई सम्मान

नेपालगन्ज : १७६औं पटक रक्तदान गर्ने काठमाडौंका प्रेम सागर कर्माचार्यलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेले शुक्रबार नेपालगन्जमा कर्माचार्यलाई सम्मान गरेको होे । समाजका जिल्ला अध्यक्ष दिलाकुमारी शाह, केन्द्रीय सदस्यद्वय गोविन्द वाग्ले र प्रवास शाक्य र सल्लाहकार पूर्णलाल चुकेले कर्माचार्यलाई दोसल्ला ओढाएर, प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
कर्माचार्यले शुक्रबार मात्रै बाँकेको राप्तीससोनारी गाउँपालिकाको वडा नं. ६ मा पुगेर १७६ औं पटक रक्तदान गरेका थिए । समाजका जिल्ला अध्यक्ष दिलाकुमारी शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष मनबहादुर केसीले स्वागत र सल्लाहकार पूूर्णलाल चुकेले सम्मानित व्यक्तित्व प्रेमसागर कर्माचार्यको व्यक्तित्वबारे चर्चा गरेका थिए ।