लायन्स टोली भूकम्प पीडितलाई राहात वितरण गर्न जाजरकोट प्रस्थान

नेपालगन्ज : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट पीडितलाई तत्कालको राहात वितरण गर्न लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५एनको टोली घटनास्थलतर्फ गएको छ ।
लायन्स डिष्ट्रिक ३२५एनका गर्भनर मुकुट ढकाल नेतृत्वको टोलीपाँच लाख रुपैयाँ बराबरको खाद्यान्न र आवश्यक सामग्री लिएर वितरणका लागि शनिबार अपरान्ह जाजरकोट प्रस्थान गरेको डिष्ट्रिक सचिव उमा थापा मगरले जानकारी दिइन् ।

तत्कालका लागि पिफम, चाउचाउ, बिस्कुट, चिउरा, भुजा, कम्मल टोपी , त्रिपाल वितरण गरिने छ । राहत वितरण टोलीमा क्याबिनेट सेक्रेटरी उमा थापामगर, ट्रेजर तेजप्रसाद अधिकारी, चिन्तामणि धिताल, कृष्णप्रसाद श्रेष्ठ, श्रीधर शर्मा, संजय थापा, राजेन्द्र रिजाल, अजय कनोडिया रहेका छन्। त्यसैगरि सुर्खेतबाट डिस्ट्रिक एकज्युटिभ चिफ लायन टिकाराम चपाईको नेतृत्वमा १५ जनाको टोली पनि ४ लाख रुपैयाँ बराबरको राहत सामग्री लिएर राहत वितरणसँँगै उद्दार कार्यमा सहयोग गर्न शनिबार दिउँसो नै जाजरकोट पुगिसकेको छ ।

लायन्सको टोली यसअघि दार्चुलाका भूकम्प पीडितलाई राहात वितरण गर्न पनि गएको थियो । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको २०७२ सालको भूकम्पको बेला पनि लायन्सको टोली नेपालगन्जबाट राहात बोकेर सिन्धुपाल्चोक र काडमाडौं पुगेको थियो ।