नेपालगन्ज स्वीमिङ्ग क्लबको अध्यक्षमा न्यौपाने

नेपालगन्ज : नेपालगन्ज स्वीमिङ्ग क्लबको अध्यक्षमा केशवराज न्यौपाने निर्वाचित भएका छन् ।
क्लबको शनिबार नेपालगन्जमा सम्पन्न प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्य समिति सर्वसम्मत् रुपमा चयन गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत विकास आचार्यका अनुसार क्लबको बरिष्ठ उपाध्यक्षमा सूूर्यमणि अधिकारी, उपाध्यक्षमा डा।नितेशकुमार कनोडिया, महासचिव सविन घिमिरे, सचिव झविलाल शर्मा र कोषाध्यक्षमा ऋषिराम कँडेल निर्वाचित भएका छन् । त्यसैगरी क्लबको सदस्यमा कृष्णप्रसाद अधिकारी, अमृतप्रसाद श्रेष्ठ, जीवन शर्मा, चन्द्रराम शर्मा र हरिमाया गुरुङ्ग निर्वाचित भए ।
यसअघि अधिवेशनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले उद््घाटन गरेका थिए । मन्त्री खत्रीले प्रदेश सरकारले विद्यालय र खेलकुदलाई जोडेर काम गर्ने बताए । संघीयतापछि खेलका पूर्वाधारमा केन्द्रले प्रदेश र स्थानीय तहलाई स्वामित्व नदिएका कारण खेल पूर्वाधारको संरक्षण नहुँदा बेवारिसे भएको उनले बताए । मन्त्री खत्रीले भने, “राज्यले बनाएका खेल पूूर्वाधार बेवारिसे भएका छन् । ती पूर्वाधार संघीय सरकारका मातहतमा छन् । जिल्लामा रहेका खेलका पूर्वाधार प्रदेश वा स्थानीय तहको मातहतमा राखे मात्र खेल क्षेत्रको विकास हुुन्छ ।”
अधिवेशनमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल पौडी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष सञ्जय थापा र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाहले अधिवेशनको सफलताको कामना गरेका थिए ।

७ पौडी खेलाडी र २ प्रशिक्षकलाई सम्मान
नेपालगन्ज स्वीमिङ्ग क्लबले बाँकेका पाँच जना पौडी खेलाडी र दुई जना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ ।
क्लबले प्रथम अधिवेशनको अवसरमा शनिबार नेपालगन्जमा पौडीका राष्ट्रिय खेलाडी अमित रावल, सुप्रिया रावल, संस्कार न्यौपाने, विशेष सिंह, जमुना डाँगी, अभियान श्रेष्ठ र सुवेश पाण्डेलाई सम्मान गरेको हो । त्यसैगरी पौडी प्रशिक्षकद्वय चन्द्रबहादुर चौधरी र दीपक परियारलाई पनि नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र क्लब अध्यक्ष केशव न्यौपानेले सम्मान गरेका हुन् ।