सिने रोयलमा महाजात्राको ५१औं दिनको उत्सव

नेपालगन्ज : नेपाली चलचित्र महाजात्राले नेपालगन्जको सिनेरोयल हलमा ५१औं दिन पूरा गरेको छ । सिने रोयलसँगै यो चलचित्रले शनिबार क्यूएफएक्स, आइएनआई, एफक्युब, वान, बीएसआर, रञ्जना, सिके र बिग सिनेमा हलमा ५१औं दिनको उत्सव केक काटेर मनाएको हो ।

अभिनेता हरिवंश आचार्यले एउटा भिडियो सन्देश पठाएर नेपाली चलचित्रको ढुकढुकी क्षेत्र नेपालगन्जमा महाजात्राले ५१औं दिन मनाएको भन्दै खुसी ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘सिने रोयलमा हाम्रो चलचित्रले ५१औं दिनको समारोह मनाउन पायो । भोलिदेखि ५२औं दिनको सुरुवात हुँदैछ । त्यसैले म सिनेरोयल नेपालगन्जलाई हार्दिक अभिभादन गर्न चाहन्छु ।’
षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको हो । फिल्ममा हरिवंश आचार्य, विपिन आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्काको अभिनय छ । म्याक्स र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । यो चलचित्र ९ चैतमा रिलिज भएको हो ।