टीकापुरको ३ महिने कृषक पाठशाला समापन

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा सञ्चालित ३ महिने हरियाली जलवायु अनुकूलन कृषक पाठशाला समापन भएको छ ।
हरियाली जलवायु अनुकूलन कृषक पाठशालाकी अध्यक्ष पुष्पा चौधरीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा टीकापुर नगरपालिकाका कार्यपालिका सदस्य कैलाशपति चौधरी प्रमुख अतिथि थिए भने विशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा नं ७ का वडा सदस्य राजकुमार चौधरी र दिगो विकास समाज भजनीका अध्यक्ष रामबहादुर सुनार रहेका थिए ।
पौष २९ गतेबाट सञ्चालन गरिएको कृषक पाठशालाको सोमबार २२ हप्ता पश्चात् समापन गरिएको दिगो विकास समाज भजनीका परियोजना अधिकृत विनोदकुमार शाहले बताए । दिगो विकास समाज भजनी र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीको पोषण तथा उत्थानशील जिविकोपार्जन परियोजना अन्तरगत सञ्चालन गरिएको पाठशाला समापन कार्यक्रममा परियोजना अधिकृत विनोदकुमार शाहले कार्यक्रमको उद्देश्यका बारेमा बोल्दै स्थानीय कृषकलाई जलवायु अनुकूूूलन सम्बन्धी जानकारी गराई सोही अनुसारको तरकारी खेती गर्नमा उत्प्रेरणा जगाउनका साथै माटोको उर्वर शक्ति बढाउनमा जोड दिने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउँदै अब तरकारी खेतीमा जैविक मलको प्रयोगमा जोड दिन आग्रह गरेका छन् ।

समापन कार्यक्रममा प्रमुख अतिथि कैलाशपति चौधरी, टीकापुर नगरपालिका वडा न ७ का वडा सदस्य राजकुमार चौधरी, दिगो विकास समाज भजनीका अध्यक्ष रामबहादुर सुनारलगायतले कृषक पाठशालाबाट सिकेका कुरालाई व्यवहारमा लागू गरेमा जिविकोपार्जनमा मद्दत पुग्ने बिश्वास ब्यक्त गरेका थिए।

कृषक पाठशालामा २५ जना सदस्य रहेका थिए र ५ जनाको सदस्य रहने गरि ५ वटा उपसमूहमा विभाजन गरिएको थियो । २२ हप्तामा सिकेका कुरालाई नाटकीय विधिबाट सहभागीले प्रस्तुत गरेका थिए ।