टीकापुरका एक युवक साढे ४३ ग्राम ब्राउन सुगरसहित पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरबाट लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले ४३ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित टीकापुर नगरपालिका २ विजयनगरका २३ वर्षका मखन चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
बुधबार साँझ करिब ५ः३० बजेको समयमा टीकापुर नगरपालिका वडा न २ विजयनगरमा पैदल हिडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा चौधरीको साथबाट ५० मिलिग्राम र निजको घरमा खानतलासी गर्दा ४३ ग्राम गरि जम्मा ४३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला पारेको इप्रकाले जनाएको छ । चौधरीविरुद्ध थप अनुसन्धान भइरहेको छ ।