गजल

नरेन्द्र देवकोटा ‘प्रशान्त‘
गैरी खेत गह्रा बारी कर्जा राखी हिँडेको छु !
परिवार रुवाँउँदै बोईङमा चढेको छु !!
अवोध त्यो बच्चालाई काख बाट पर छाडी
बिल्छे गैँटी समाएर बिदेशमा भिडेको छु !
प्यारी भनी बिहे गरेँ बाबुआमा छोड्न लाएँ
रमाउने उमेरमा कमाउन कुदेको छुँ !
मेरो आफ्नो जन्मभूमि सरकार बन्छ घरीघरी
न चाहँदा न चाहँदै बिदेशमा उडेको छु !
आमा खेति गर्दिन्छिन् र जान पाछु बिदेश् मैले
धन्न रेम्ट्यान्स् आउँछर परिवार धानेको छु !
नेपालआमा आत्तिएर अशलछोरा जन्माईन् भने
एक दिन सुख पाउँन भारी आशमा गढेको छु !
१७ कार्तिक २०८२ खलंगा, प्युठान








