स्थापना दिवसमा होटल पौवाले खुवायो मानव सेवा आश्रयमा खाना

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी २० वटै शाखाले स्थापना दिवसमा सामाजिक उत्तरदायित्वको सेवाको कार्य गरेको जानकारी
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगन्ज : होटल पौवाले स्थापना दिवसमा नेपालगन्जको मानव सेवा आश्रममा भोेजन खुवाएको छ ।
होटलको १०औं स्थापना दिवसको अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताउनु भयो । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा सामाजिक उत्तरदायित्वको सेवाको कार्य गरेको जानकारी दिनुभयो ।
पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आशिर्वाद प्राप्त गर्न पाउँदा खुसी लागेको बताउनु भयो। खाना वितरण गर्न पौवा नेपालगन्जका शाखा अध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठ, शेयर सदस्य झविन्द्र मरासिनी, शरण कर्माचार्य, वरिष्ठ शेफ दीपक भण्डारीलगायत पौवाका कर्मचारीहरु मानवसेवा आश्रम पुग्नु भएको थियो ।
मानवसेवा आश्रम नेपालगन्जकी सह संयोजक विष्णु घर्तीले पौवाले स्थापना दिवसमा मानवसेवा आश्रममा रहेका ८० जना आश्रितहरुलाई खाना खुवाएकोमा पौवा ग्रुपलाई धन्यवाद दिइन् ।