सीतापुर युनाइटेड योगिनी गोल्डकपको सेमीफाइनलमा

समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउट ३–१ ले पराजित
  • योगिनी युवा क्लब (ए)ले केवाइसी क्लबलाई २–० ले पराजित
  • बिहिबारको पहिलो खेल एक्स आर्मी लेजेन्ड र राइजिङ स्टारबीच पहिलो र आयोजक योगिनी युवा क्लब (ए) र एक्टिभ युवा क्लबबीच दोस्रो खेलमा प्रतिस्पर्धा हुने
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

खजुरा : सीतापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सीतापुर युनाइटेडले मानवी स्पोर्टस क्लबलाई पेनाल्टी सुटआउट ३–१ ले पराजित गरेको छ । अर्को खेलमा योगिनी युवा क्लब (ए)ले केवाइसी क्लबलाई २–० ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बाँके खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी माविको खेल मैदानमा भएको पहिलो खेलमा सीतापुर युनाइटेड र मानवी स्पोर्टसले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए ।
सीतापुरको लागि संगम सारु मगरले खेलको आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर मानवीका सुदीप सुनारले २७औं मिनेटमा गोल फर्र्काएपछि खेल बराबरी भएको थियो । सीतापुर युनाइटेडका गोलकिपर विवेक थारुलाई लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य डिबी तामाङ र आयोजक योगिनी युवा क्लबका सदस्य सन्तोष थापाले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गर्नुभयो ।
यसैगरी अर्को खेलमा आयोजक योगिनीको लागि विपिन सिंजाली मगर र गौरम थापा मगरले १–१ गोल गरेका थिए । खेलमा योगिनीका विपिन प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई स्थानीय समाजसेवी नरेन्द्र थापा र अमर रावतले पुरस्कार प्रदान गर्नु भयो ।
प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेल एक्स आर्मी लेजेन्ड र राइजिङ स्टारबीच पहिलो र आयोजक योगिनी युवा क्लब (ए) र एक्टिभ युवा क्लबबीच दोस्रो खेलमा प्रतिस्पर्धा हुनेछ ।